२० मंसिर २०८२, शनिबार

२६.४ ओभरमा नेपालले गुमायो ७ विकेट

प्रकाशित मिति :  21 February, 2023 3:30 pm


काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपाल दवावमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले शीर्ष क्रमका पाँच ब्याटर गुमाइसकेको छ ।

नेपालले २६.४ ओभरमा ११४ रन बनाउँदा ७ विकेट गुमाइसकेको छ। २८ ओभरको समाप्तीमा नेपालले १२१ रन बनाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल ४७ र सन्दीप लामिछाने १ रनमा नटआउट छन्। कप्तान रोहितले नेपालको इनिङ्स सम्हालिरहेका छन्।

२९.१ ओभरः क्रिष्टोफर ग्रेभ्सको बलमा १ रन लिँदै रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको सातौं अर्धशतक पूरा गरेका छन् ।

ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र आशिफ शेख १२ रनमा आउट भए।

स्कटल्यान्डको मार्क वाटले ३, क्रिस ग्रेभ्सले २ विकेट लिए। माइकल लिस्क र ब्रानडोनम्यामुलेनले एक एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !