महानगर भित्रका व्यावसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौँः उपमेयर डंगोल
काठमाडौँ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताइन् ।
मंगलबार ग्रिल तथा स्टील व्यावसायी संघ काठमाडौँको साताैं वार्षिक साधरण सभामा बोल्दै उप–मेयर डंगोलले महानगरले व्यावसायलाई प्रोत्साहन गर्नको लागि व्यवसायीहरुले आफ्नो व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको बताएकी हुन् । उनले महानगरभित्र व्यापार व्यावसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउनको लागि व्यावसाय दर्ता गर्न आग्रह गरेकी छन् ।
उनले दर्ता नभएका व्यावसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको बताएकी छन्। डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको बताइन् ।
उनले भनिन्, ”महानगर पालिकाभित्र रहेका उद्योग व्यावसायहरुलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य रहेको छ।व्यावसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यावसाय गरिरहनुभएको छ । औपचारिक दायरामा आउनुभएको छैन । व्यावसायीहरुले महाननगरभित्र व्यावसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु ”
त्यस्तै, ग्रिल तथा स्टिल व्यावसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको बताइन् ।
उनले नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीहरुले अनुशासन पालना गर्न आवश्यक रहेको बताएकी छन् ।








