प्रधानमन्त्री दाहाल पहिलो विदेश भ्रमण कतार जाने तयारीमा
प्रकाशित मिति : 22 February, 2023 8:35 am
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन २० गते कतार जाने भएका छन् ।
कतारको दोहामा फागुन २१ गतेदेखि सुरु हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनी फागुन २० गते कतार जाने तयारी रहेको छ।
दुई दिने भ्रमण सकेर उनी फागुन २२ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ। कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण रहेको छ ।








