८ जेष्ठ २०७९, आइतबार

मुख्यमन्त्री राईद्धारा कोरोना परीक्षण प्रयोगशालाको निरीक्षण

प्रकाशित मिति :  10 April, 2020 3:55 pm


मोरङ,२८ चैत ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले कोरोना परीक्षण प्रयोगशालाको निरीक्षण गरेका छन् ।

काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको उनीहरुले आज निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रयोगशाला काठमाडौँ पछिको ठूलो क्षमताको रहेको र दैनिक २ सय जनासम्मको थ्रोट स्वाब नमूना परीक्षण गर्न सकिने जानकारी दिए ।

अस्पतालका प्रमुख डा. संगीता मिश्राले आजै साँझदेखि स्वाबको परीक्षण शुरु हुने जानकारी दिइन । पहिलो चरणमा ६ सय को नमूना सङ्कलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पतालका विज्ञ बलराम गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !