५ पुस २०८२, शनिबार

फागुन ११ गतेबाट नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड

प्रकाशित मिति :  22 February, 2023 12:26 pm


काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले बाइकिङ प्रविधि प्रबर्द्धन गर्न गठन गरेको अपाचे ओनर्सग्रुप (एओजी) ले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्ने भएको छ ।

परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले ११ फागुन बिहीबारदेखि मार्की राइड सुरु गर्न लागेको हो ।

अपाचे ओनरस्ग्रुप (एओजी) को मार्की राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन् । उक्त यात्रा २१ दिन लामो हुनेछ ।

पहिलो दिन काठमाडौँदेखि रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका छन् ।

काठमाडौँबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट पुनः रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने कम्पनीले जनाएकाे छ ।

राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुकोपनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरुको प्रदर्शनी गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !