७ बैशाख २०८१, शुक्रबार

सरकारको लोकप्रिय कार्यक्रम ‘स्वास्थ्य बिमा’ पाँच वर्ष नपुग्दै बन्द हुने अवस्थामा पुग्यो :सांसद कार्की

प्रकाशित मिति :  22 February, 2023 2:54 pm


काठमाडौँ । सांसद डा. तोसिमा कार्कीले नेपाल सरकारले ल्याएको कार्यक्रम स्वास्थ्य बिमा पाँच वर्ष नपुग्दै बन्द हुने अवस्थामा पुगेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय बोल्दै कार्कीले सरकारले लोकप्रिय कार्यक्रमको रुपमा ल्याएको स्वास्थ्य बिमा ५० प्रतिशत नेपाली जनता सामु नपुग्दै बन्द हुने अवस्थामा पुग्नु हास्यपद अवस्था रहेको बताएकी हुन् ।

उनले भनिन्, “हामी समाजवाद उन्मुख संविधान र समाज भनेर कहिल्यै थाक्दैनौँ । तर समाजवाद भन्दा धेरै फरक पद्धति र व्यवहार बिकास गरेका छौँ । समाजवादमा आम नगारिकको विशेष चासो दैनिक, सार्वजनिक स्वास्थ्यको अवस्था कस्तो छ भन्रे कुरामा बढी जोड दिइन्छ तर हाम्रो अवस्था कस्तो छ त ?’’

कार्कीले स्वस्थ्य बिमा बोर्डको अध्यक्षले हालसालै राजीनामा दिनुको मुख्य कारण स्वस्थ्य बिमाको गलत मोडल भएको बताएकी छन् ।

“हामीलाई लोकतन्त्र र समाजवादीको स्वस्थ्य मोडल चाहिएको छ । त्यो मोडाल लागू गर्नको लागि समतामूलक मोडल आवश्यक रहेको छ । तर यहाँ हास्यपद तरिकाले स्वास्थ्य बिमा लागू गरिएको छ कि जसमा अर्बपति नेपाली र गरिबी जनताले एकै खालको स्वस्थ्य बिमा शुल्क तिर्न पर्ने अवस्था सिर्जना भएको छ ।’’ उनले थपिन् ।

उनले वैज्ञानिक ढङ्गले स्वस्थ्य बिमा शुल्क तोक्नको लागि नेपाल सरकारलाई आग्राह गरेकी छन् । उनले भनिन्, “सबैको लागि स्वास्थ्य बिमाको आवश्यक रहेको छ । स्वास्थ्य बिमा जुन अस्पतालमा तोकिएको छ त्यो अस्पतालबाट मात्र पाउने व्यवस्थालाई तत्काललाई सच्चाएर सबै अस्पतालमा स्वस्थ्य बिमा सरल र सहज तरिकाले सबै नागरिकलाई प्रदान गर्न आवश्यक रहेको छ ।’’



प्रतिक्रिया दिनुहोस !