कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रकाशित मिति : 23 February, 2023 8:03 am
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूँताउने समझदारी भएपछि कांग्रेसले आज बस्ने बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक सहमति हुने बुझिएकाे छ ।








