कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान
प्रकाशित मिति : 23 February, 2023 10:25 am
सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका छन्।
दार्चुला घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो ।
मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।








