१० पुस २०८२, बिहिबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  24 February, 2023 8:22 am


काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण संसोधन बिद्येयकलगायतमा छलफल हुनेछ ।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !