राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने
प्रकाशित मिति : 24 February, 2023 8:48 am
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
आयोगले सार्वजनिक गरेको कार्य तालिका अनुसार १३ गते (शनिवार) उमेदवारी दर्ता हुनेछ। राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।
अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन्।








