बालुवाटारमा कांग्रेससहित चार दलका शीर्ष नेताहरूको बैठक जारी
प्रकाशित मिति : 24 February, 2023 10:29 am
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरूबिच छलफल सुरू भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका हुन्। छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू पनि सहभागी भएका छन्।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि छलफलमा सहभागी भएका छन् ।








