१६ चैत्र २०८०, शुक्रबार

मगर दिवसको अवसरमा विरुवा गाउँपालिकामा सार्वजनिक बिदा

प्रकाशित मिति :  24 February, 2023 5:44 pm


स्याङ्जा । स्याङ्जाकाे विरुवा गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ४१ औँ मगर दिवसको अवसरमा फाल्गुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा आज (शुक्रबार) भएको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भण्डारीले जानकारी दिए ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !