१० पुस २०८२, बिहिबार

पार्टीका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रकाशित मिति :  25 February, 2023 11:44 am


काठमाडाैँ । नेपाली काँग्रेसले राष्ट्रपतिको उम्मेदवारमा पार्टीका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन बैठकले सबै राजनितिक दलहरू एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरूलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले २०८० साल वैशाख १० गते आईतबार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको बताए ।

उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि प्रवक्ता महतले बताए ।



प्रतिक्रिया दिनुहोस !