राप्रपा सरकारबाट बाहिरियो
प्रकाशित मिति : 25 February, 2023 1:03 pm
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राप्रपाका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
उनीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएका हुन् ।
प्रदेश सरकारबाट पनि बाहिरिने राप्रपाले निर्णय गरेको छ ।








