राष्ट्रपतिका लागि नेकपा एमालेबाट नेम्वाङको उम्मेदवारी दर्ता
प्रकाशित मिति : 25 February, 2023 1:12 pm
काठमाडौँ । नेकपा एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले राष्ट्रपतिका लागि मनोनयपत्र दर्ता गरेका छन्।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ताका लागि नेम्वाङ एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेतासहित निर्वााचन अधिकृतको कार्यालय पुगेका थिए ।
एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।








