२२ मंसिर २०८२, सोमबार

मगर दिवसको अवसरमा शितगंगा नगरपालिकामा सार्वजनिक बिदा

प्रकाशित मिति :  26 February, 2023 5:03 pm


काठमाडौँ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले ४१ औँ मगर दिवसको अवसरमा फाल्गुन १५ गते साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको नगरपालिकामा आज (आइतबार) भएको निर्णयानुसार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिए ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !