२२ मंसिर २०८२, सोमबार

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचाैँ जिल्ला सम्मेलन आउँदो वैशाखमा

प्रकाशित मिति :  26 February, 2023 5:42 pm


काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टी अर्घाखाँचीको पाँचौ जिल्ला सम्मेलन वैशाखमा हुने भएको छ ।

राष्ट्रिय जनमोर्चाले सन्धिखर्क नगरपालिकामा पत्रकार सम्मेलन गर्दै २०८० वैशाख ८ र ९ गते ‘गणतन्त्र र राष्ट्रियताको रक्षा संघीयता खारेजीको हाम्रो आन्दोलन, वातावरणीय सन्तुलनसँगै समुन्रत अर्घाखाँचीको लागि पाँचाै जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्मेलन गर्न लागेको जनमोर्चा अर्घाखाँचीले जानकारी दिएको हो ।

साथै फागुन १८ गतेसम्ममा पालिका बैठक, फागुन मसान्तसम्म वार्ड बैठक, चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका, वडा भेला र सम्मेलन सम्पन्न गर्ने जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !