१२ श्रावण २०८१, शनिबार

प्रदेश-५ का सामाजिक विकासमन्त्री बरालद्धारा १२ वटै स्वास्थ्य कार्यालय प्रमुखसँग छलफल

प्रकाशित मिति :  10 April, 2020 8:49 pm


रुपन्देही,२८ चैत ।

प्रदेश-५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश अन्तर्गतका १२ वटै स्वास्थ्य कार्यालयका प्रमुखसँग छलफल गरेको छन् ।

दिउँसो १ बजेदेखि ३ बजेसम्म भिडियो कन्फरेन्स गरेका हुन् ।

मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशकसहितको उपस्थितिमा मन्त्री बरालले कारोना नियन्त्रण तथा रोकथाम सम्बन्धि तयारीको पछिल्लो जानकारी लिएका हुन् ।

छलफलमा सम्बन्धित कार्यालय प्रमुखहरुले जिल्लाको अवस्था, पूर्व तयारी तथा रोकथामका कार्यक्रमका बारे मन्त्री बराललाई जानकारी गराएका थिए ।

बरालले छलफलका क्रममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुनै कमजोरी हुँन नदिने निर्देशन दिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्राप्त नमुना मध्य १८ वटाको परीणाम आउन बाँकी छ । अहिलेसम्म बाँकेका ३२ वटा परीक्षण गरिएको छ भने ३ जनाको नतिजा आउन बाँकी छ ।

प्रदेश-५ को सबै रिपोर्ट नेगेटिभ

प्रादेशिक प्रयोगशालाले आजसम्म गरेको कोरोना भाइरस परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशालाले आजसम्म ५० जनाको स्वाब परीक्षण गरेकोमा सबै नेगेटिभ आएको जनाएको छ । बाँकी १८ वटाको नतिजा आउँन बाँकी छ । हेर्नुहोस प्रयोगशालाको पुरा रिपोर्ट :



प्रतिक्रिया दिनुहोस !