१५ बैशाख २०८१, शनिबार

सांस्कृतिक पहिचानको प्रवर्धन गर्न नयाँ पुष्ता सक्रिय हुनुपर्छः सभामुख घर्ती

प्रकाशित मिति :  27 February, 2023 9:22 am


बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानहरूलाई प्रवद्र्धन र संरक्षणमा सक्रिय हुन आग्रह गरेका छन् । ४१ औं मगर स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्दै उनले मगर सभ्यताको चर्चा गरेका हुन्।

सभामुख घर्तीमगरले मगर समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वर्द्धनमा दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका छन्।

“मगर समुदायको आफ्नै पुर्खाैली थातथलो, जातीय भाषा, लिपी मौलिक संस्कार संस्कृति कला बोकेको बहुआयमिक पहिचान जसको आफ्नै सरल मगरांती जीवन शैली छ,” शुभकामना सन्देशमा भनिएको छ, “आदिवासी जनजातिमा सूचीकृत यो समुदाय जनसांख्यीयकोणबाट सबैभन्दा ठुलो समुदाय हो र यस समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा हामी कहिलै भुल्न सक्दैनौ ।”

मगर जातिको विशेषता भनेको सोझो, मेहनती इमानदारी, देशभक्त, कर्मठ र विश्वासीलो भएकाले यो विशेषतालाई कायम राख्न र संस्कृतिको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको घर्तीमगरको भनाइ छ ।

“विश्भर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ । सबै मगर समुदायलाई एकताको मालामा गांस्ने दिनको रूपमा मगर दिवसलाई मनाउनु पर्छ,” उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !