सिंहदरबारभित्रको क्यान्टिनमा म्याद सकिएको खाद्य वस्तु भेटियो, सञ्चालकलाई ३ लाख जरिवाना
प्रकाशित मिति : 27 February, 2023 11:19 am
काठमाडौँ । सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ । अनुगमनबाट म्याद सकिएको खाद्य वस्तु भेटिएका छन्।
आइतबार विभागले केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। सो क्रममा कञ्चन चमेना गृहमा म्याद सकिएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।
खान योग्य नभएका सबै चिजबिज तत्काल नष्ट गरिएको विभागले जनाएको छ। साथै कञ्चन चमेना गृहका सञ्चालक उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले जनाएको छ।








