सरकारबाट बाहिरिने एमालेको निर्णय
प्रकाशित मिति : 27 February, 2023 12:48 pm
काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।








