२२ मंसिर २०८२, सोमबार

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  27 February, 2023 2:41 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए। बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै सरकार सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको बताएका हुन् ।

उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गराएको बताए।

प्रधानमन्त्रीले विगतका दिनहरूमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् ।

उनले भने, ”यो वर्ष चुनावी वर्षका रूपमा बित्यो । बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ ।”



प्रतिक्रिया दिनुहोस !