१० पुस २०८२, बिहिबार

एमालेका सबै मन्त्रीहरूले दिए राजीनामा

प्रकाशित मिति :  27 February, 2023 4:23 pm


काठमाडाैँ । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजिनामा बुझाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एमालेका ८ जना मन्त्रीहरूले राजिनामा बुझाएका हुन् ।

आज बिहान नेकपा एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरू प्रधानमन्त्री दाहाललाई राजिनामा बुझाएका हुन् ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी रहेकाे थियाे । पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिनापछि सरकार छाडेको छ ।

पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पु¥याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो तर सहमति विपरीत प्रधानमन्त्रीले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो ।



प्रतिक्रिया दिनुहोस !