२९ माघ २०८२, बिहिबार

आगोमा जलेर रोल्पामा एक पुरुषको मृत्यु

प्रकाशित मिति :  27 February, 2023 5:15 pm


संकेतिक फाइल फोटो

उमा केसी –

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ८ चिन्नेमा भएको आगलागीमा एक पुरुषको मृत्यु भएको छ ।

स्थानीय भूपनारायण घर्तीको घरमा आगलागी हुँदा ती पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जस्तापाताले छाएको उक्त १ तले २ कोठे घरमा एकातिर मान्छे तथा अर्कोतिर गाईवस्तु र खरपराल राख्ने गरिएको थियो ।

स्थानीयहरूले एक्कासी आगलागी भएको देखेपछि निभाउँदै गर्दा आज खरपरालले छोपिएको अवस्थामा मृत पुरुषको शव देखिएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ ।

घरधनी रोजगारीको सिलशिलामा भारतमा रहेको र उनको श्रीमती कामको शिलसिलामा नवलपरासीतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसी श्याम सारु मगरले जानकारी दिए ।

घटनास्थल रोल्पाको सुलिचौर बजारवाट करिब १२ किलोमिटर दुरीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !