राष्ट्रपति निर्वाचन: आज उम्मेद्वारी फिर्ता लिने समय
प्रकाशित मिति : 28 February, 2023 8:12 am
काठमाडौँ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेद्वारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्मको समय दिइएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।अपराह्न ४ बजेदेखि मतगणना सुरु गरिने र सोही दिन बेलुका ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।








