प्रतिनिधिसभा बैठक बस्दै
प्रकाशित मिति : 1 March, 2023 9:04 am
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा अपरान्ह १ बजे बैठक बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।
आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।








