१० पुस २०८२, बिहिबार

राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु

प्रकाशित मिति :  1 March, 2023 10:27 am


काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु गर्न लागेको हो ।

आचार संहिता नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्री, प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कर्मचारी, राजनीतिक दल तथा भातृ सङ्गठन, उम्मेदवार तथा उमेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लाग्नेछ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट नेता सुवास नेम्वाङ उम्मेदवार रहेका छन्। राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जनाले मतदान गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !