११ बैशाख २०८१, मंगलबार

ग्रीसमा रेल दुर्घटना हुँदा २९ जनाको मृत्यु, ८५ जना घाइते

प्रकाशित मिति :  1 March, 2023 10:51 am


काठमाडौँ । ग्रीसमा रेल दुर्घटना हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । उत्तरी ग्रीसमा दुई रेल एक आपसमा ठोकिदाँ कम्तीमा २९ जनाको मृत्यु भएको हाे भने ८५ जना घाइते भएका छन् ।

मंगलबार साँझ उत्तरी ग्रीसको लारिसा सहर नजिक यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

त्यहाँ स्थित मिडियाका अनुसार रेलमा ठुलो आगलागी भएको छ । आगो नियन्त्रणमा ल्याउनका लागि १७ वटा वारुणयन्त्रले प्रयास गरेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस !