२९ माघ २०८२, बिहिबार

प्रदेश १ अब कोशी प्रदेश, नाम पारित भएको खुसीयालीमा आज सार्वजनिक बिदा

प्रकाशित मिति :  2 March, 2023 7:49 am


विराटनगर । प्रदेश १ को नाम कोशी प्रस्ताव पारित भएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना जारी गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

मन्त्रालयले कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै सार्वजनिक बिदाको घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !