२९ माघ २०८२, बिहिबार

ड्युटीमा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

प्रकाशित मिति :  2 March, 2023 9:13 am


धनगढी । बैतडीमा ड्युटीमा खटिएका एक जना प्रहरीको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार नवीन चौधरी ड्युटीमा रहको क्रममा बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार ड्युटी क्रममा उनी बुधबार बेहोस भएर लडेका थिए ।

त्यसलगतै प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउदाँ अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !