शर्मिला वाइवा घरमै अचेत अवस्थामा फेला, वीर अस्पतालमा उपचार हुँदै
प्रकाशित मिति : 2 March, 2023 11:29 am
काठमाडौँ । सामजिक अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् । घरमा अचेत अवस्थामा फेला परेकी वाइवालाइ उपचारका लागि वीर अस्पताल पुर्याइएको छ ।
काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् । वाइवा केही समयदेखि युट्युव र सामाजिक संजालमा चर्चामा आएकी छिन् ।
२ दिन पहिले नाबालिका बलात्कारको मुद्दामा सफाइ पाएका नायक पल शाहलाई स्वागत गर्नका लागि विमानस्थल पुगेकी शर्मिला वाइवा उनीसँग भेट नहुदाँ निरास बनेकी थिइन् । यति बेला उनको सो भिडियो भाइरल भएको छ ।
सो कुरा उनले पनि सामाजिक संञ्जाल फेसबुक र टिकटक मार्फत बताएकी छन् ।








