१० पुस २०८२, बिहिबार

राष्ट्रिय शक्तिहरूलाई एकतावद्ध बनाएर जान आवश्यकः अध्यक्ष नेपाल

प्रकाशित मिति :  2 March, 2023 4:36 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हीतको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए ।

बिहीबार काठमाडौँमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यकता रहेकाे बताएका छन् ।

उहाँले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने र राष्ट्रका सामु अनेकन चुनौतिहरू आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरू एकताबद्ध रूपमा जानपर्ने बताएका छन् ।

उनले भने, ”राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रष्टताको आवश्यक छ । संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ । राष्ट्रका सामु अनेकन चुनौतिहरू आइरहेका छन् यसमा ध्यान जानुपर्छ, सबै राष्ट्र शक्तिहरूलाई एकतावद्ध भएर जानुपर्छ ।”

अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरूलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !