१० पुस २०८२, बिहिबार

रामचन्द्र पौडेलको जित निश्चित छः प्रदीप पौडेल

प्रकाशित मिति :  2 March, 2023 4:42 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा काँग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाैडेलले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नकाे लागि उक्त कार्यक्रम गरेकाे उल्लेख गरेका थिए ।

उम्मेदवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियत, राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताएका छन् ।

उनले भने, ” मतका हिसाबले उहाँले निर्वाचन जित्ने निश्चित छ । राष्ट्रपति पद देशको अभिभावकको रूपमा संविधानको संरक्षकको रूपमा अघि बढ्ने विगतमा भएका कमी नदोहोरिने र हस्तक्षेपकारी भूमिका नहुने कुरा हुन्छ भन्ने मेरो विश्वास छ ।”



प्रतिक्रिया दिनुहोस !