१० पुस २०८२, बिहिबार

उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाँदै

प्रकाशित मिति :  3 March, 2023 8:45 am


काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाने भएका छन् ।

कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गर्दैछन्।

फागुन २१ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री कतार प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन्।

सम्मेलनमा मन्त्री श्रेष्ठले सहभागिता जनाउदैँ सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन्।

श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै दोहामा रहेका नेपालीहरूसँग पनि भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !