तनहुँको बिमलनगरदेखि घाँसीकुवा सडक फागुन २९ गतेसम्म रातिमा बन्द रहने
प्रकाशित मिति : 3 March, 2023 10:16 am
तनहुँ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।
फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने मुग्लिन पोखरा सडक खण्ड (पूर्वी योजना)ले जनाएको छ।
फागुन २९ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक विस्तारको काम गर्ने भएकाले सो समयमा अगाडि वा पछाडि मात्र उक्त सडक वारपार गर्न अनुराेध गरिएकाे छ ।








