राज्यबाट पाउने सेवा, सुविधा समेत पाइन : उपसभामुख
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको बताएकी छन् ।
भ्रष्टाचारबिरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राज्यले दिने सेवा सुविधा नपाएको गुनासो गरेकी छन् ।
राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन् ।
पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको बताउँदै रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भिर नभएको आरोप लगाइन् ।
उनले भनिन् ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिन । तर उपसभामुख भएको मेरो अहिले एक महिना भयो । मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ । मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ । अनि यो भ्रष्ट चाहीँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र रु कस्तो लाग्छ रु तपाईहरुलाई । यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने । म अन्याय र विभेद सहन नसक्ने मान्छे म । म सानो भुँइमान्छे हो । म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे । भिआईपीको सुविधा प्रयोग गर्दिन भन्थे । पहिला पुरुष उपसभामुख हुँदाखेरी चाहीँ आर्मी दिन्थ्यो रे । उहाँहरुलाई चाहीँ मन्त्री सरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ । दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नुपरेको छ ।’
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताइन् ।








