आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थलः प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रबारबाट काठमाडौँमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए।
प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरू परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताएका छन् ।
उनले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यकता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए।
उनले सरकारले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको र भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको बताए। उनले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए।
प्रधानमन्त्री दाहालले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलाई न्युनिकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताएका छन् ।








