२९ माघ २०८२, बिहिबार

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो पनि खुला

प्रकाशित मिति :  5 March, 2023 8:34 am


चितवन । नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने बताए।

सडक मर्मत तथा नयाँ पुल निर्माणको काम सुरु गर्नका लागि गत पुस ५ गतेदेखि दैनिक ४ घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा आजदेखि नियमित सवारी साधन आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आइतबारदेखि नियमित रूपमा सडक सञ्चालन हुने बताएका छन् ।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको र अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको छ। विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो।

आचार्यका अनुसार तुइन खोलाको एकातर्फ विस्फोट गराउनु पर्ने बाहेक अन्य काम सम्पन्न भइसकेको छ । सो कामका लागि अनुमति लिने प्रक्रियामा रहेको छ। अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको छ। ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द गरिने छ ।



प्रतिक्रिया दिनुहोस !