२९ माघ २०८२, बिहिबार

ओखलढुङ्गा जिप दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते

प्रकाशित मिति :  5 March, 2023 11:49 am


काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको हो ।

ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेकोमा ११ जना घाइते भएका छन् । घाइते भएका मध्ये ४ जनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा भक्तबहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !