१० पुस २०८२, बिहिबार

विप्लवको प्रश्न : आफ्नै प्रधानमन्त्रीविरुद्ध मुद्दा लाग्दा नेकपा (माओवादी केन्द्र) कहाँ छ ?

प्रकाशित मिति :  5 March, 2023 3:48 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए ।

विप्लवले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो ? भन्दै प्रश्न गरे ।

उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए ।

उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको बताए । माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने विप्लवको चेतावनी थियो ।

उनले भने,“हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हास्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरूले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नपर्ने जस्तो के हो यो देशमा ? ”

महासचिव विप्लवले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !