आज तराईका जिल्लाहरुमा होली पर्व मनाइँदै
प्रकाशित मिति : 7 March, 2023 9:17 am
काठमाडौँ । रंगहरूको पर्वका रूपमा मनाइने होली पर्व आज तराईका जिल्लाहरूमा धुमधामका साथ मनाइँदै छ । होली पर्व पहाडि जिल्लाहरूमा अघिल्लो दिन र तराईका जिल्लाहरूमा पछिल्लो दिन मनाउने चलन छ ।
काठमाडौँमा पनि तराईका बासिन्दाले आपसमा शुभकामना आदानप्रदान सहित आज होली पर्व मनाउँदै छन् । आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा समेत दिएको छ ।
काठमाडौँ उपत्यकका लयागतका पहाडी जिल्लामा सोमबार नै होली पर्व धुमधमाका साथ मनाइएको छ ।








