१० पुस २०८२, बिहिबार

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रकाशित मिति :  7 March, 2023 1:09 pm


काठमाडौँ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्धको सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

रिट दर्ता भएसँगै शुक्रबारलाई पेसीसमेत तोकिएको छ ।

अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न सर्वोच्चमा रिट निवेदन हालेका थिए। सुरुमा दरपीठ भएको मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो।

सर्वोच्चको आदेशसँगै प्रचण्डविरुद्व रिट दायर भएको हो । प्रचण्डले तीन वर्ष पहिले एक सार्वजनिक कार्यक्रममा जनयुद्धमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका थिए ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर अहिले सर्वोच्चमा रिट दायर भएको हो ।



प्रतिक्रिया दिनुहोस !