१० पुस २०८२, बिहिबार

प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ : मेटमणि चौधरी

प्रकाशित मिति :  7 March, 2023 6:04 pm


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री मेटमणि चौधरीले प्रचण्ड विरुद्ध सर्वाेच्चमा दर्ता गरिएको रिट केवल ब्ल्याकमेलिङ भएको बताएका छन् ।

”कमरेड प्रचण्ड विरुद्ध सर्वाेच्चमा परेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित पार्ने कुरा मात्रै हो । तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षबिचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुर्याउने विषय हो । हो केही काम बाँकी छन् । यो सरकारले नै टुङ्गोमा पुर्याउने विषय हो ।” चौधरीले समाजिक संजालमा लेखेका छन् ।

पूर्वमन्त्री समेत रहेका चौधरीले यसबाट कसैलाई पनि खुसी हुन जरुरी नभएको स्पष्ट पारेका छन् । ”यो फगत भ्रम हो । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो ।” उनले फेसबुकमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !