राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।
राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले जानकारी दिए । राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले निष्पक्ष र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि तटस्थ बस्न उपयुक्त हुने निस्कर्ष निकालेको लिङदेनको भनाई छ ।
अध्यक्ष लिङदेनले भने,“अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने/नहुने, मतदान गर्ने÷नगर्ने भन्ने विषयमा लामो छलफल ग¥यौं । र, अन्ततः सर्वसम्मत ढंगले यो राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेका छौं ।”








