आज राष्ट्रपति निर्वाचन, बिहान १० बजेदेखि ३ बजेसम्म मतदान
काठमाडौँ । आज मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया हुनेछ ।
राष्ट्रपतिको निर्वाचनमा ९ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेद्वार रहेको छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ।
संघीय सांसदहरूका लागि रातो र प्रदेश सभा सदस्यहरूका लागि हरियो रंगको मतपत्र छापिएको छ । मतपत्रमा उम्मेदवारहरूको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।
मतदान सम्पन्न भएपछि आजनै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।








