१० पुस २०८२, बिहिबार

राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध

प्रकाशित मिति :  9 March, 2023 8:35 am


काठमाडौँ । आज हुन लागेको तेस्रो राष्ट्रपति निर्वाचनमा मतदाताहरूलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ । मतदाताहरूले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ ।

‘मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्बिर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाइएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाइने छैन ।’

राष्ट्रपतिको निर्वाचनमा ९ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेद्वार रहेका छन् । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया हुनेछ ।



प्रतिक्रिया दिनुहोस !