१४ बैशाख २०८१, शुक्रबार

कोरोना अपडेट:अमेरिकामा मृत्यु हुनेको संख्य विश्वमै धेरै, २० हजार भन्दा धेरैले ज्यान गुमाए

प्रकाशित मिति :  12 April, 2020 7:10 am


एसेन्सी, ३०चैत ।

भाइरसका कारण अमेरीकामा मनेको संख्या २० हजारभन्दा माथी पुगेको छ ।

कोरानाका कारण विश्वभर मर्नेको संख्या अमेरीकामा सबैभन्दा धेरै भएको छ र पछिल्लो आँकडा अनुसार २० हजार ७१ जनाको मृत्यु भएको  छ ।

अहिलेसम्म इटलीमा सबैभन्दा धेरैको मृत्युकोभएकोमा अमेरीकाले त्यसलाई पनि उछिनेको छ । युरोपमा सबैभन्दा आक्रान्त इटलीमा मृत्यु हुनेको संख्या १९ हजार ४ सय ६८ पुगेको छ ।

अमेरीका संक्रमितको संख्या पनि सबैभन्दा धेरै भएको छ । अहिलेसम्म ५ लाख मानिस संक्रमित भएका छन् । अमेरीकामा मर्नेको संख्या लगातार बढिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

विश्वभर मर्नेको संख्या १ लाख ७ हजार पुगेको छ भने संक्रमणको संख्या झण्डै १७ लाखे छ ।



प्रतिक्रिया दिनुहोस !