प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको पहिलो सुनुवाइ आज हुँदै
प्रकाशित मिति : 9 March, 2023 9:07 am
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पहिलो सुनुवाइ हुँदैछ ।
उनीमाथि जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । दश वर्षे युद्ध कालमा ५ हजारजनाको हत्या गरेको साबित बयानलाई आधार बनाएर फौजदारी अभियोग माग गर्दै मंगलबार मुद्दा दायर भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारू माघी महोत्सव कार्यक्रमलाई सम्बोधनका क्रम आफूले दश वर्षे युद्ध कालमा भएको ५ हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।
रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जना छन् ।








