राष्ट्रपति चयनका लागि मतदान सुरु
प्रकाशित मिति : 9 March, 2023 10:32 am
काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।
विहान १० बजेबाट सुरु भएको मतदानमा नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान समय तोकिएको छ । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने तालिका रहेको छ ।








