नेपाल मजदुर किसान पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने
काठमाडौँ । काठमाडौ नेपाल मजदुर किसान पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागि नहुने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचिव प्रेम सुवालले जानकारी दिएका छन् ।
राष्ट्रपति निर्वाचनमा सहभागी नहुनुको कारणसहित नेमकिपाले जारी गरेको विज्ञप्ति :
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को अध्यक्षतामा मिति २०७९ फागुन २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपतिको निर्वाचनबारे गरेको पार्टीको निर्णयलाई देहायवमोजिम प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ :
प्रेस वक्तव्य
आज मिति २०७९ फागुन २५ गते बिहान १० बजेदेखि दिउ“सो ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल भयो ।
राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्विक अन्तर छैन ।
राष्ट्रपति पदमा उम्मेदवार दिएका नेका र एमालेले वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, नेपाली सेनालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता गरेका छैनन् ।
जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको नेपाली नागरिकता दिने नागरिकता विधेयक, ७१ भन्दा बढी ठाउ“मा भारतले अतिक्रमण गरेको ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता ल्याउने, नेपाली भूमि कालापानीमा ७० वर्षभन्दा अगाडिदेखि कब्जा गरी बसेका भारतीय सेनालाई हटाउने लगायत विषयमा पनि ती दुबै पार्टीले प्रतिबद्धता गरेका छैनन् ।
यसकारण राष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय भयो ।
प्रेम सुवाल
सचिव








